१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

श्रम र उत्पादनले मात्रै देश बन्न सक्छ : हर्क साम्पाङ



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १५०
  • सिरहा, फागुन १३ - हर्क साम्पाङले श्रम र उत्पादनमुखी संस्कार बिना देशको समुन्नति सम्भव नहुने बताएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले राष्ट्र निर्माणका लागि व्यवहारिक काम र इमान्दार प्रयास आवश्यक रहेको स्पष्ट पारे।

    सिरहाको गोलबजारमा आयोजित नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा उनले देखावटी गतिविधि र स्टन्टले होइन, निरन्तर श्रम र परिणाममुखी कार्यबाट मात्रै समृद्धि हासिल गर्न सकिने धारणा राखे। उनले श्रमलाई सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

    उनले युवाशक्तिलाई उत्पादन, उद्यमशीलता र सामाजिक सेवातर्फ अग्रसर हुन आग्रह गर्दै आत्मनिर्भर अर्थतन्त्र विकासका लागि श्रम संस्कृतिको विस्तार अनिवार्य रहेको बताए। लोकप्रियताभन्दा उपलब्धिमूलक काममा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

    साम्पाङले गाउँ–गाउँमा श्रम अभियान सञ्चालन गर्न नेता–कार्यकर्तालाई निर्देशन दिँदै विकासको दीगो आधार आत्मनिर्भरता र श्रम नै भएको उल्लेख गरे।