३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अभिव्यक्ति तोडमोड गरियो, अहिले कांग्रेस–एमाले सहयात्री होइनन् : प्रचण्ड



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या ११४
  • काठमाडौं, फागुन १४ - पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो अभिव्यक्तिलाई गलत आशयका साथ प्रचार गरिएको बताएका छन्। बिहीबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले देशको राजनीतिक उपलब्धि जोगाउने सन्दर्भमा व्यक्त धारणा चुनावी तालमेलसँग जोडेर प्रस्तुत गरिएको भन्दै असन्तुष्टि जनाए।

    उनले शान्ति प्रक्रिया र संविधानसभा गठनको समयमा आवश्यक परेका बेला कांग्रेस र एमालेसँग सहकार्य गरिएको स्मरण गराउँदै त्यतिबेलाको सन्दर्भलाई अहिलेको राजनीतिक समीकरणसँग तुलना गर्नु उचित नहुने बताए। उपलब्धि रक्षा र राष्ट्रिय हितका विषयमा मात्र सहकार्यको प्रसंग उठाइएको उनको भनाइ थियो।

    विदेशी प्रभाव र प्रतिगामी प्रवृत्तिविरुद्ध दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउँदै उनले संविधान, गणतन्त्र, संघीयता र समावेशी व्यवस्थामाथि खतरा आउँदा साझा प्रतिवाद आवश्यक हुने उल्लेख गरे। तर त्यसलाई तत्कालीन चुनावी गठबन्धनको संकेतका रूपमा व्याख्या गर्नु गलत भएको उनले स्पष्ट पारे।

    प्रचण्डले भदौ २३ अघिसम्मका राजनीतिक यात्रामा कांग्रेस–एमालेसँग सहकार्यको इतिहास रहेको स्वीकार गरे पनि हालको अवस्थालाई फरक रूपमा हेर्नुपर्ने बताए। अहिलेका गतिविधिका आधारमा ती दलहरू आफ्ना सहयात्री नरहेको उनले दोहोर्‍याए।