१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हरिसिद्धिको श्रीराम डिपोमा ६ हजार ग्यास सिलिन्डर स्टक, उद्योगलाई ३ लाख जरिवाना



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १४४
  • काठमाडौं, चैत २ - बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास सिलिन्डर स्टक गरेर राखिएको फेला परेको छ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले डिपोमा १४.२ केजीका ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर मौज्दात अवस्थामा राखिएको भेटाएको हो।

    विभागका अनुसार उद्योगले ती सिलिन्डर बजारमा पठाउन ढिलाइ गर्दै डिपोमै राखेर कृत्रिम अभाव सिर्जना गरेको देखिएको छ।

    उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको ठहर गर्दै उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

    विभागले मौज्दात सबै सिलिन्डर नेपाल आयल निगमको समन्वयमा तत्काल बजारमा बिक्री वितरण गर्न निर्देशन दिएको छ भने अन्य ग्यास उद्योगमाथि पनि निगरानी बढाइएको जनाएको छ।