३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सचिवालयले नवनिर्वाचित सांसदलाई शपथपछि संविधान र प्रतीक चिह्न उपलब्ध गराउने



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ७५
  • काठमाडौँ, चैत ९ - संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा दलहरूको नयाँ शक्ति सन्तुलनअनुसार संसदीय दलका कार्यालय पुनः व्यवस्थापन गरेको छ। दलको सांसद संख्याका आधारमा सचिवालयभित्रै कार्यालय बाँडफाँट गरिएको प्रवक्ता एकराम गिरीले जानकारी दिए।

    नयाँ व्यवस्थाअनुसार कांग्रेस र एमालेले पुरानै कार्यालय प्रयोग गर्ने भएका छन् भने नेकपाले प्रयोग गर्दै आएको भवन राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिइएको छ। यसअघि रास्वपाले प्रयोग गरेको भवनमा नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका लागि अस्थायी व्यवस्था गरिएको छ।

    सचिवालयले निर्माणाधीन नयाँ संसद् भवन सम्पन्न भएपछि सबै दलका कार्यालय सोही भवनभित्र राखिने जनाएको छ। त्यहाँ सबै सांसदका लागि छुट्टाछुट्टै चेम्बरको समेत व्यवस्था गरिनेछ।

    यसैबीच, नवनिर्वाचित सांसदहरूको शपथ समारोहको तयारी पनि तीव्र बनाइएको छ। चैत १२ गते दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा सहभागी हुन सांसदलाई दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ।

    शपथपछि सांसदहरूलाई प्रतीक चिह्न, संविधान, नियमावली र सेवा सुविधासम्बन्धी सामग्री प्रदान गरिनेछ। प्रारम्भिक बैठक र शपथ कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ।