१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राष्ट्रपति पौडेलबाट शपथ लिएर केसीले संसद् सचिवालयमा कार्यभार ग्रहण



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १२२
  • काठमाडौं, चैत ११ - प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि उनले सिंहदरबारस्थित संसद् सचिवालय पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

    शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। त्यसलगत्तै उनी संसद् सचिवालय पुगेर कार्यभार सम्हाल्न पुगेका हुन्।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित केसी हाल ७८ वर्षका छन्। ज्येष्ठ सदस्यको हैसियतमा उनले अब संसद्को प्रारम्भिक प्रक्रिया अघि बढाउने जिम्मेवारी पाएका छन्।

    केसीले चैत १२ गते प्रतिनिधि सभाका सबै २७४ सदस्यलाई शपथ गराउने कार्यक्रम तय भएको छ। सभामुख चयन नहुँदासम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत उनैले गर्नेछन्।

    यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्।