१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्वप्रधानमन्त्रीहरू देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन सुरु



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १२८
  • काठमाडौं, चैत १५ - तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्तिबारे छानबिन प्रक्रिया तीव्र रूपमा अघि बढेको छ।

    सम्पत्ति शुद्धीकरण विभागको पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको हो। विभागले सम्बन्धित कागजात र प्रमाणहरू सीआईबीमा पठाएपछि उक्त प्रक्रिया सक्रिय भएको गृह स्रोतले जनाएको छ।

    त्यसैबीच, आइतबार कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका छन्। “विभागको पत्रअनुसार उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो,” सीआईबीका एआईजी डा. मनोज केसीले भने।

    पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनमा डा. केसीले केही विवरण दिन अस्वीकार गरेका छन्। तर गृह स्रोतका अनुसार, तीन पूर्वप्रधानमन्त्रीहरूको घर र निवासमा पैसा र अन्य सम्पत्ति सम्बन्धी अनुसन्धान अघि बढिरहेको छ।

    यसअघि जेनजी आन्दोलनको समयमा शेरबहादुर देउवाको निवासमा पैसा फेला परेको विषय सार्वजनिक भएको थियो। त्यसपछि प्रचण्डकी छोरी गंगा र ओलीको निवासमा पनि मुचुल्का उठाएर छानबिन गरिएको थियो। अहिले ती अनुसन्धानलाई थप तीव्र बनाउँदै सीआईबीले प्रक्रिया अगाडि बढाएको छ।