१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सम्पन्न



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १६४
  • काठमाडौं, चैत १६ - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ। उनीहरूविरुद्ध गैरकानुनी रूपमा मुद्दा चलाइएको दाबी गर्दै रिट निवेदन दायर गरिएको थियो।

    एमाले अध्यक्षसमेत रहेका ओलीको मुद्दा न्यायाधीश मेघराज पोखरेलको इजलासमा र कांग्रेस नेता लेखकको मुद्दा न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो। दुवै मुद्दामा आइतबारदेखि सुरु भएको बहस सोमबार सकिएको हो।

    ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकका तर्फबाट उनकी पत्नी यशोदा लेखकले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। उनीहरूले पक्राउ गैरकानुनी भएको दाबी गर्दै रिहाइको माग गरेका छन्।

    गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन प्रतिवेदनका आधारमा ओली र लेखकलाई चैत १४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। त्यसपछि जिल्ला अदालत काठमाडौंले दुवैलाई पाँच दिनसम्म हिरासतमा राख्न अनुमति दिएको छ।

    अब सर्वोच्च अदालतले यस विषयमा के निर्णय गर्छ भन्ने प्रतीक्षा गरिएको  छ।