काठमाडौँ, चैत १८ नेकपा एमालेको संसदीय दलले रामबहादुर थापा ‘बादल’ लाई निर्विरोध नेता चयन गरेको छ। बुधबार भएको संसदीय दलको बैठकमा बादलले प्रतिद्वन्द्वी बिना नै नेतृत्व पक्का गरे।
सांसद सुहाङ नेम्वाङले पनि नेताको दाबी गरेका थिए। तर, मनोनयन दर्ता गर्ने समयमा उनी आवश्यक प्रस्तावक र समर्थक जुटाउन असफल भए।
निर्विरोध निर्वाचित भएपछि बादललाई खादा ओढाएर सुहाङले पनि हार्दिक बधाई दिएका छन्।
पार्टी स्रोतका अनुसार, यो निर्वाचनले दलभित्र सहमतिपूर्ण नेतृत्वको छवि प्रस्तुत गरेको छ।
प्रतिक्रिया दिनुहोस