काठमाडौं, चैत २२ - नेपाली कांग्रेस भित्रको आधिकारिकता विवादसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालत मा सुनुवाइ तय गरिएको छ। उक्त मुद्दा आजको पेसी सूचीमा १२औं नम्बरमा राखिएको छ।
यसअघि चैत १ गते पनि सुनुवाइका लागि पेसी तोकिए पनि समय अभावका कारण मुद्दा अघि बढ्न सकेको थिएन। त्यसबेला रिट निवेदक पूर्ण बहादुर खड्का स्वयं बहसका लागि अदालत पुगेका थिए।
आजको सुनुवाइमा विवादका दुवै पक्षका कांग्रेस नेताहरू अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ। उपसभापति विश्व प्रकाश शर्मा पनि बहसका लागि अदालत जाने तयारीमा छन्।
विशेष महाधिवेशनमार्फत गगन थापा सभापति चयन भएपछि र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएपछि असन्तुष्ट पक्षले अदालतको ढोका ढक्ढक्याएको हो। खड्काले थापा, शर्मा र निर्वाचन आयोग लाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।
प्रतिक्रिया दिनुहोस