२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गृहमन्त्री गुरुङलाई हर्क साम्पाङको आग्रह : फेवातालको जग्गा विवादबारे खुलाउन दबाब



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या ११९
  • काठमाडौं, चैत २३ - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई पोखरास्थित फेवातालको जग्गा सम्बन्धी विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न सुझाव दिएका छन्।

    फेवातालको करिब २० रोपनी जग्गामा गृहमन्त्रीको नाम जोडिएको चर्चा सार्वजनिक भएपछि साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्। उनले विवाद चर्किनुअघि नै पत्रकार सम्मेलन गरेर वास्तविकता प्रष्ट पार्न आग्रह गरेका छन्।

    साम्पाङका अनुसार यस्तो विषयमा मौन बस्दा जनविश्वास घट्न सक्छ। उनले चेतावनी दिँदै भनेका छन् कि यदि समयमै स्पष्टीकरण नआए जनताले विश्वास गुमाउने र राज्य संयन्त्रभित्र पनि प्रभाव पर्न सक्ने अवस्था सिर्जना हुन सक्छ।

    उनले काम गर्ने व्यक्तिले आलोचना पनि सहनुपर्ने भए पनि विवादित विषयमा स्पष्टता दिन आवश्यक रहेको बताएका छन्। फेवातालको जग्गा प्रकरणले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको भन्दै यसले असहज अवस्था सिर्जना गरेको उनको भनाइ छ।

    यसैबीच, साम्पाङले आफूले संसदमा उठाएका विषयहरू नबिर्सन पनि गृहमन्त्रीलाई स्मरण गराएका छन्। उनले जेनजी आन्दोलनको घटनामा दोषीमाथि कारबाही र सहकारी ठगी प्रकरणमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्।