१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

२५ वर्षीय रुबीकुमारी उपसभामुख पदकी उम्मेदवार, रास्वपाको बलियो समर्थन



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या ११९
  • काठमाडौं, चैत २६ - प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी २५ वर्षीय रुबीकुमारी ठाकुर उम्मेदवार भएकी छन्। सत्तारुढ दल रास्वपाले उनलाई उपसभामुख पदका लागि समर्थन गर्ने निर्णय गरेको छ।

    रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनु भयो, “रास्वपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। अहिलेको जनअपेक्षाअनुसार उदाउँदो पार्टीहरू एक ठाउँमा उभिनुपर्छ भन्ने दृष्टिकोणबाट यो निर्णय भएको हो।”

    रास्वपाले उपसभामुख पदमा सांसद अशोककुमार चौधरीको समर्थन रहने पनि जनाएको छ।

    यसैबीच, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले पनि उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरेको छ। राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ भने उनका प्रस्तावकमा ज्ञानेन्द्र शाही रहेका छन्। उम्मेदवार समर्थकका रूपमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन्।

    यसरी, प्रतिनिधिसभाको उपसभामुख पदका लागि प्रमुख दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।