२९ चैत २०८२ आईतबार | 12 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

यात्रु बिदाइमै अव्यवस्था : अत्यधिक भीडका कारण विमानस्थलले कडाइ गर्दै ३ जना मात्रै आउन आग्रह



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ५२
  • काठमाडौं, चैत २७ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु बिदाइका क्रममा बढ्दो भीड नियन्त्रण गर्न पुनः निर्देशन जारी गरेको छ। विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जनामात्र उपस्थित हुन अनुरोध गरेको हो।

    विमानस्थल प्रशासनका अनुसार पछिल्ला दिनमा एक जनालाई बिदाइ गर्न ठूलो समूह विमानस्थल पुग्ने क्रम बढेको छ। यसले विमानस्थलभित्र अनावश्यक चाप बढाउँदै सञ्चालनमा असर पारिरहेको छ।

    भीडका कारण सुरक्षा व्यवस्थापन जटिल बन्दै गएको र यात्रुहरूको सहज आवतजावतमा बाधा पुगेको प्रशासनले जनाएको छ। यस्तो अवस्था दीर्घकालीन रूपमा समस्याजनक हुन सक्ने चेतावनीसमेत दिइएको छ।

    यसअघि पनि यस्ता सूचना जारी गरिए पनि व्यवहारमा कार्यान्वयन कमजोर देखिएको भन्दै प्रशासनले फेरि सचेत गराएको हो। नियम पालना नगरे कडाइ गर्न सकिने संकेतसमेत गरिएको छ।

    विमानस्थलले सबैलाई जिम्मेवार बन्न आग्रह गर्दै आवश्यकभन्दा बढी भीड नगर्न र व्यवस्थापनलाई सहयोग गर्न अनुरोध गरेको छ।