१६ बैशाख २०८३ बुधबार | 29 Apr 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कम्युनिस्ट आन्दोलनमा प्रचण्ड असफल, एमाले नयाँ ढङ्गले अघि बढ्ने छ : पौडेल



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या ३३
  • काठमाडौं, वैशाख १६ - नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पुष्पकमल दाहाल प्रचण्डले अब कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन्। उनले प्रचण्डको सत्ता केन्द्रित सोचका कारण माओवादी आन्दोलन कमजोर बनेको आरोप लगाए।

    एक कार्यक्रममा बोल्दै पौडेलले माओवादीले लोकतान्त्रिक पद्धति पूर्ण रूपमा आत्मसात् गर्न नसकेको बताए। उनका अनुसार यही कारणले सो पार्टी अहिले अस्तित्व संकटतर्फ उन्मुख भएको छ।

    उनले २०६६ सालमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउने निर्णयप्रति एमालेले असहमति जनाएको स्मरण गराए। उक्त घटनाले राजनीतिक अस्थिरता बढाएको उनको भनाइ थियो।

    वर्तमान सरकारको गतिविधि संविधान र लोकतान्त्रिक मूल्यविपरीत रहेको आरोप लगाउँदै उनले ट्रेड युनियन र विद्यार्थी अधिकारमाथि हस्तक्षेप भएको बताए। यसले जनतामा निराशा बढाएको उनको टिप्पणी छ।

    पछिल्लो निर्वाचनमा भएको पराजयलाई स्वीकार गर्दै पौडेलले एमालेलाई पुनर्गठन गर्ने बताएका छन्। उनले ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा पार्टीलाई सुदृढ बनाइने उल्लेख गरे।