१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बुबाको हत्या आरोपमा छोरा पक्राउ



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १०८
  • पोखरा, वैशाख २० - कास्कीको रुपा गाउँपालिकामा आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपा गाउँपालिका–४ बागेडाँडाका ३४ वर्षीय भिमबहादुर भुजेल रहेका छन्।

    प्रहरीका अनुसार भुजेलमाथि आफ्नै ६२ वर्षीय बुबा रामबहादुर घर्तीको हत्या गरेको आरोप लागेको हो। वैशाख १७ गते साँझ करिब पौने ७ बजे घर्ती आफ्नै कोठामा अचेत अवस्थामा फेला परेका थिए।

    स्थानीयले घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अनुसन्धानमा घटना शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

    अनुसन्धानका क्रममा मृतकका कान्छा छोरा भिमबहादुर भुजेलको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

    प्रहरीले खोजतलासका क्रममा उनलाई वैशाख १८ गते पोखरा महानगरपालिका–११ स्थित हस्पिटल चोकबाट नियन्त्रणमा लिएको हो। उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।