१६ जेठ २०८३ शनिबार | 30 May 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ट्राफिक उल्लङ्घनमा परेका सवारीचालकबाट एकैदिन २२ लाख राजस्व सङ्कलन



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ४८
  • काठमाडौँ, जेठ १४ - पछिल्ला २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ५५ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। यसबाट राज्यकोषमा कुल रु २२ लाख ११ हजार ५०२ राजस्व जम्मा भएको छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, कारबाही परेका मध्ये ८३ जनाले मादकपदार्थ सेवन गरेर सवारी चलाएका थिए भने १९२ जनाले नियमविपरीत ‘राइड सेयरिङ’ गरेका थिए। सङ्केत बत्ती उल्लङ्घन गर्ने १०९ र तीव्र गतिमा सवारी चलाउने १०२ जनालाई समेत कारबाही गरिएको छ।

    त्यस्तै, ‘लेन’ अनुशासन पालना नगर्ने १४६, निषेधित क्षेत्रमा हर्न बजाउने १०३, सडक पेटीमा सवारी पार्किङ गर्ने ११२ र एकतर्फी सडकमा सवारी चलाउने ८५ जनालाई कारबाही गरिएको छ। अन्य नियम उल्लङ्घन गर्ने एक हजार १२३ जनालाई पनि जरिवाना गरिएका छन्।

    प्रहरीको यो कारबाहीले उपत्यकामा सवारी नियमको पालना र सडक सुरक्षा सुनिश्चित गर्ने प्रयासलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।