१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘भारतले मात्रै होइन, नेपालले पनि जग्गा मिचेको रहेछ’ : प्रधानमन्त्री शाह



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ७८
  • काठमाडौं, जेठ १७ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीच रहेको सीमा विवादलाई कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले दुवै देशबीचको सीमा सम्बन्धी विषयमा छलफल अगाडि बढिरहेको जानकारी दिए।

    प्रधानमन्त्री शाहले सीमा विवादबारे आफूले जिम्मेवारी सम्हालेपछि नयाँ तथ्यहरू थाहा पाएको उल्लेख गर्दै नेपालले मात्र नभई भारतले पनि सीमा अतिक्रमण गरेको विषय अध्ययनको क्रममा देखिएको बताए। उनले यस्ता विषयलाई भावनात्मकभन्दा पनि तथ्य र प्रमाणका आधारमा दुई देशबीचको संवादबाट समाधान गर्नुपर्ने धारणा राखे।

    उनका अनुसार लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रसँग सम्बन्धित विषयमा नेपालले भारतलाई पठाएको पत्रको जवाफ प्राप्त भइसकेको छ। अब दुवै पक्षबीच औपचारिक वार्ता र प्राविधिक तहको छलफलमार्फत समाधान खोज्ने प्रक्रिया अघि बढाइने उनले बताए।

    प्रधानमन्त्री शाहले सीमा समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित पक्षहरूसँग निरन्तर संवाद भइरहेको र आवश्यक परे अन्तर्राष्ट्रिय तहमा समेत परामर्श लिने काम भइरहेको जानकारी दिए। उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी समझदारीका आधारमा सीमा विवाद टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताए।