८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मानसिक रोगीको उद्धार



  • केदार अधिकारी
  • १ बर्ष अघि
  • पाठक संख्या २१४
  • झलारी । शुक्लाफाँटा नगरपालिकाले मानसिक स्वास्थ्य समस्या भएका एक जनाको उद्धार गरेको छ। नगरपालिकाले वडा नं. ११ स्थित कलुवापुर बजारमा बेवारिसे अवस्थामा बस्दै आएका पुरुषको उद्धार गरेको हो ।

    उनको परिचय भने खुलेको छैन् । उनी केही दिनयता सडकमा बस्दै आएका थिए। परिचय र ठेगना नखुलेको एक जना पुरुषको उद्धार गरिएको नगर प्रमुख रणबहादुर महराले बताए।

    ‘प्रहरीसँगको सहकार्यमा उनको उद्धार गरेका छौं,’ उनले भने, ‘उनलाई धनगढीस्थित मानव सेवा आश्रमको जिम्मा लगाइनेछ।’ नगरपालिकाले बेवारिसे, मानसिक रोगीहरुको उद्धार गर्दै आएको छ।

    नगरपालिकाले केही दिन अगाडि वडा नं. १० स्थित झलारीबाट एक जना युवतीको पनि उद्धार गरेको थियो । नगरपालिकाले गत वर्ष ४ जनाको उद्धार गरेको थियो ।

    ‘सडकमा बस्दै आएका, बेवारिसेहरुको उद्धार गर्दै आएका छौं,’ नगर प्रमुख महराले भने, ‘मानव सेवा आश्रम धनगढीसँग नगरपालिकाले सहकार्य गरेको छ ।’

    नगरपालिकाले मानव सेवा आश्रमलाई पनि सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षमा पनि मानव सेवा आश्रमलाई सहयोग गर्ने नगरपालिकाको योजना छ ।