१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्रीले आफैं निर्णय नगरी किन अघि सारे दुई मन्त्री ?



  • क्वालिटी खबर
  • ३ बर्ष अघि
  • पाठक संख्या २१९
  • १४ फागुन, काठमाडौं । सोमबार संसदको दोस्रो बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले रुलिङ गरे, ‘…. माननीय सदस्यहरुले उठाउनुभएको विषयमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

    पहिलो बैठकमा विवादित मन्त्रीहरुको राजीनामा माग गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै नाराबाजी गरेका थिए । ६ फागुनकै बैठकमा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको थियो ।

     

    १३ पुसमा भएको बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित समितिले मन्त्री ज्वालालाई दोषी ठहर गरेकाले उनले राजीनामा दिनुपर्ने एमालेको माग थियो ।

     

    एमालेसँगै विपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि यो मुद्दा उठाएपछि प्रधानमन्त्री प्रचण्डले ६ फागुनमा आयोगको प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने जवाफ दिएका थिए । त्यसै साँझ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकमै जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाए ।