काठमाडौँ, वैशाख २१ - सरकारले ल्याएको “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” कार्यान्वयनसँगै ऊर्जा मन्त्रालयअन्तर्गतका विभिन्न निकायका पदाधिकारीहरू पदमुक्त भएका छन् ।
ऊर्जा मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार नेपाल विद्युत् प्राधिकरण का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित बोर्डका सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएका हुन् ।
त्यसैगरी विद्युत् नियमन आयोग का अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल तथा भागिरथी भट्टराई ज्ञवाली पनि उक्त अध्यादेशअनुसार पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।
सरकारले सार्वजनिक निकायहरूमा संरचनागत सुधार र प्रभावकारीता बढाउने उद्देश्यले उक्त अध्यादेश ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस