१२ बैशाख २०८३ शनिबार | 25 Apr 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

श्रम स्वीकृति खुलेपछि वैदेशिक रोजगारीमा चाप, छोटो समयमै हजारौँ बाहिरिँदै



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ६६
  • काठमाडौँ, वैशाख १० - खाडी तथा पश्चिम एसियाका देशमा रोकिएको श्रम स्वीकृति पुनः खुला भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या तीव्र रूपमा बढ्न थालेको छ।

    पछिल्लो दुई दिनभित्रै ५ हजार ७ सय ३० जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये ३ हजार ४ सय ८३ जना खाडी तथा पश्चिम एसियाका १२ देशतर्फ जाने तयारीमा रहेका छन्।

    वैदेशिक श्रम स्वीकृति शाखाका अनुसार बुधबार २ हजार ९ सय ९६ जनाले स्वीकृति लिएका छन् भने मंगलबार २ हजार ७ सय ३४ जनाले श्रम स्वीकृति लिएका थिए।

    इजरायल, अमेरिका र इरानबीचको तनावका कारण केही समयअघि श्रम स्वीकृति रोकिएको थियो। परिस्थिति सहज बनेपछि वैशाख ७ गतेदेखि पुनः खुला गरिएको हो।

    चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ लाख ८७ हजार ३ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन्, जसमा पुरुषको संख्या बढी देखिएको छ भने महिलाको संख्या तुलनात्मक रूपमा कम रहेको छ।