१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चलचित्र ' घरज्वाइँ ' को टिजर बुढा सुब्बा डिजिटल मार्फत सार्वजनिक

चलचित्र ' घरज्वाइँ ' को टिजर बुढा सुब्बा डिजिटल मार्फत सार्वजनिक



  • सिमोन भट्टराई
  • २ बर्ष अघि
  • पाठक संख्या ६१८
  • काठमाडौँ - अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मको प्रचारका लागि टिजर बाहिर ल्याएको हो ।

    सार्वजनिक टिजरमा दयाहाङले मिरुनालाई पाउन गरेको संघर्ष प्रस्तुत गरिएको छ । टिजर हेर्दा दर्शकले फिल्ममा मगर संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्ने अनुमान गर्न सकिन्छ ।

    अनिल बुढा मगरको निर्देशन रहेको फिल्म जनक घर्ती मगरले निर्माण गरेका हुन् । फिल्मको केही साता अघि पोष्टर सार्वजनिक गरेको थियो । जिएम मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म सुसन प्रजापतिले खिचेका हुन् ।

    पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

    आगामी असार २८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय देख्न सकिन्छ । 

    फिल्ममा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ भने कृष्ण भण्डारीको सम्पादन छ । एमएसएम अष्ट्रेलियाले विदेश प्रदर्शन लिएको फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।