८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालततको अनुमति



  • सिमोन भट्टराई
  • ७ महिना अघि
  • पाठक संख्या ३२८
  • जनकपुरधाम - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । शुक्रबार धनुषा जिल्ला अदालतका न्यायाधिश  रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो । 

    यसअघि जेठ ९ गते बुधबार पनि धनुषा अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यसपछि आज सिरोहियाको नागरिकता सम्बन्धमा अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले थप ५ दिनको समय माग गरेको थियो । तर जिल्ला अदालतले तीन दिन मात्रै हिरासतमा राख्न अनुमति दिएको हो । 

    सिरोहियाविरुद्ध नागरिकता किर्तेमा बैशाख १६ गते जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको थियो । 

    सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले जेठ ८ गते अर्थात मंगलबार प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले सोही दिन उनलाई पक्राउ गरी धनुष लगेको थियो । अदालतको अनुमतीपछि पक्राउ गरेर धनुषा पुर्याइएको हो ।