काठमाडौं - नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ । जनकपुरको काव्या अस्पतालमा रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि एयर लिफ्ट गरेर काठमाडौैं ल्याउने तयारी गरिएको हो ।
स्वास्थ्यमा समास्या आएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको उनका कानुनी सल्लाहकार किशोर पौडेलले जानकारी दिए । पछिल्लोपटक जिल्ला अदालतले उनलाई सोमबार ३ दिन थुनामा राख्ने अनुमति दिएको थियो ।
उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काव्या अस्पताल लगिएको थियो । उक्त अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं ल्याउन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस