१३ बैशाख २०८३ आईतबार | 26 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतस्थित नेपाली दूतावासमा युवा शक्ति टिमद्वारा श्रमिक हकहितका मागसहित ज्ञापनपत्र बुझाइयो

कुवेतस्थित नेपाली दूतावासमा युवा शक्ति टिमद्वारा श्रमिक हकहितका मागसहित ज्ञापनपत्र बुझाइयो



  • सिमोन भट्टराई
  • ७ महिना अघि
  • पाठक संख्या ४८९
  • कुवेत — नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा र समस्या समाधानको माग गर्दै युवा शक्ति टिम कुवेतले कुवेतस्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाएको छ।

    संस्थाको प्रतिनिधिमण्डलले नेपाली राजदूतावासमा उपस्थित भई राजदूतका काउन्सेलर सुजनी रानालाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

    ज्ञापनपत्रमा कुवेतमा कार्यरत नेपाली कामदारहरूले भोगिरहेका समस्या, दूतावाससँगको समन्वय अभाव, आपतकालीन अवस्थामा आवश्यक सेवा, रोजगारसम्बन्धी परामर्श र श्रमिक अधिकार संरक्षण जस्ता विषयहरू समावेश गरिएको जनाइएको छ।

    युवा शक्ति टिम कुवेतले श्रमिक अधिकार र हितका सवालमा दूतावासले अझ सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउँदै, कुवेतमा रहेका सम्पूर्ण नेपालीहरूका पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेको छ।