१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मनकामना केबुलकार असार ३१ देखि ५० दिनका लागि बन्द हुने



  • AMITA BHATTARAI
  • २ बर्ष अघि
  • पाठक संख्या ५७३
  • गोर्खा -गोर्खाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ। केबुलकार मर्मत गर्नु पर्ने भएकाले यहि महिनाको ३१ गतेदेखि ५० दिनसम्म केबुलकारका सबै सेवा बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिले जनाएको छ । 


    नियमित मर्मतसम्भार र समय अनुसार स्तरोन्नती गर्नु पर्ने भएकाले आगामी असोज १० गतेसम्म केबुलकार बन्द हुने प्रालिले जनाएको छ ।

    केबुलकारको मुख्य लट्ठासमेत फेर्ने तयारी भएको छ भने  अन्य विभिन्न प्राविधिक छेत्रीमा पनि  मर्मत गर्नुपर्ने  जनाएको छ ।  मनकामना केबुलकार बिसं २०५५ सालमा स्थापना भएको नेपालकै सबैभन्दा पुरानो केबुलका सेवा हो ।