नेपालमा दुई महिनाको अवधिमा १० अर्ब रुपैयाँभन्दा बढीको फलफूल र तरकारी आयात भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो दुई महिनामा ६ अर्ब २४ करोड रुपैयाँ बराबरको १ लाख ४ हजार मेट्रिक टन तरकारी र ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको ४६ हजार मेट्रिक टन फलफूल भित्रिएको छ।
तरकारी र फलफूल आयातबाट सरकारलाई २ अर्ब ६२ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। नेपालले भारत, चीन, बङ्गलादेश लगायतका विभिन्न मुलुकहरूबाट स्याउ, आँप, आलु, टमाटर, ब्याजजस्ता फलफूल र हरियो तरकारी आयात गरिरहेको छ।
यस तथ्यांकले देशको कृषिजन्य उत्पादनमा विदेशी निर्भरता गहिरिएको स्पष्ट देखाउँछ। एकातिर, नेपालमै उत्पादित तरकारी र फलफूल खेर जाने समस्या कायमै छ भने अर्कोतिर, करोडौं रुपैयाँ खर्च गरेर विदेशबाट यिनै वस्तु आयात गरिनुले अर्थतन्त्रमा नकारात्मक असर पारेको छ।
प्रतिक्रिया दिनुहोस