२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वर्षाको कारण विमान आधा घण्टा आकाशमै होल्ड

काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड हुनुपरेको थियो। 



Plane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २६३
  • भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ। काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड हुनुपरेको थियो। 

    विमानस्थल बिहानैदेखि खुलेको भएता पनि करिब ८ बजे भारी वर्षा र हावाहुरीका कारण बन्द भएको थियो, जसका कारण विमानले आकाशमा ६ पटक फन्को लगाएको थियो 

    वर्षा कम भएपछि साढे ८ बजे विमानस्थल पुनः सञ्चालनमा आएको थियो, जसपछि श्री एयरको विमान सफलतापूर्वक अवतरण गर्न सक्षम भयो। विराटनगर विमानस्थलका प्रमुख सुभास झाले वर्षा र हावाका कारण विमान होल्ड भएको पुष्टि गरे।

    पछिल्लो तीन घण्टामा विराटनगरमा ४०.६ मिलिमिटर वर्षा मापन गरिएको थियो।