२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अदालतअगाडि मिटरब्याज पीडित महिलाद्वारा आत्मदाहको प्रयास



  • अञ्जना ढकाल
  • ९ घण्टा अघि
  • पाठक संख्या २८
  • जनकपुरधाम, साउन २७ - धनुषा जिल्ला अदालत परिसर अगाडि मिटरब्याज पीडितले प्रदर्शन गरिरहेका बेला एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्।

    बुधबार अदालतबाहिर मिटरब्याजविरुद्ध नाराबाजी गर्दै पीडितहरू प्रदर्शनमा जुटेका थिए। सोही क्रममा जनकपुरधाम–४ की फुलकुमारी रजकले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी हुन्।

    रजकले शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएर आत्मदाह गर्नबाट रोकेको बताइएको छ। घटनापछि अदालत परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

    यता धनुषा जिल्ला अदालतमा पक्राउ परेका मिटरब्याज साहुविरुद्ध थुनछेक बहस भइरहेको छ। गोपाल साह, रेखा साह र हरेराम साहविरुद्धको मुद्दामा अदालतमा बहस चलिरहेको हो।

    अदालतभित्र साहुविरुद्धको थुनछेक बहस भइरहँदा बाहिर भने मिटरब्याज पीडितहरू आन्दोलनमा उत्रिएका छन्। पीडितहरूले आफूहरूमाथि भएको अन्यायको सुनुवाइ र न्यायको माग गर्दै प्रदर्शन जारी राखेका छन्।