२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सामाखुसी यातायातले ७ करोडको लगानीमा १५ वटा नयाँ बसहरू सञ्चालनमा

सामाखुसी यातायात प्रालिले ७ करोड रुपैयाँको लगानीमा १५ वटा नयाँ बसहरू सञ्चालनमा ल्याएको छ।



Samakhushi Yatayat
  • क्वालिटी खबर
  • २ बर्ष अघि
  • पाठक संख्या २०३
  • सामाखुसी यातायात प्रालिले ७ करोड रुपैयाँको लगानीमा १५ वटा नयाँ बसहरू सञ्चालनमा ल्याएको छ।

    यातायात प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिका अनुसार काठमाडौँ उपत्यकामा बढ्दो यात्रु चापलाई मध्यनजर गर्दै थप बस सेवा सुरु गरिएको हो।प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीजस्ता स्थानहरूमा यात्रुको आवश्यकताअनुसार सेवा विस्तार गरिएको जानकारी दिए। 

    सामाखुसी यातायातले सुरुआतमा नौ माइक्रोबसमार्फत सेवा सञ्चालन गरेको भए पनि हाल ८० माइक्रोबस र ५० ठूला बसमार्फत सेवा दिइरहेको छ। प्रालिले ३५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिएका छन्।