३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हर्न धेरै बज्न थालेपछि ट्राफिक प्रहरीले ‘नो हर्न’ अभियानलाई पुनः सक्रिय बनाउँदै

उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरिए पनि पछिल्लो समय अनावश्यक हर्नको प्रयोग बढ्दै गएपछि ट्राफिक प्रहरी सक्रिय भएको हो।



No Horn
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १६५
  • काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले ‘नो हर्न’ अभियानलाई पुनः सक्रिय बनाउँदै सडकका चोकचोकमा ‘नो हर्न’ लेखिएका प्लेकार्डसहित अनावश्यक हर्न प्रयोग विरुद्ध जनचेतना जगाउने अभियान थालेको छ। २०७४ वैशाख १ गतेदेखि उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरिए पनि पछिल्लो समय अनावश्यक हर्नको प्रयोग बढ्दै गएपछि ट्राफिक प्रहरी सक्रिय भएको हो।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले, दैनिक १५ लाख सवारी साधनबाट निस्किने ध्वनी प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको बताएका छन्। ट्राफिक प्रहरीले २०८०/८१ मा मात्र १० हजारभन्दा बढी सवारी साधनलाई अनावश्यक हर्न प्रयोग गरेको भन्दै कारबाही गरेको थियो । यस आर्थिक वर्षमा १३ हजार तीन सवारी साधनलाई कारबाही गरिएको छ।