८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हिजो नेपालको एतिहासिक जित हेर्न दशरथ रंगशालामा १८ हजारभन्दा बढी दर्शक उपस्थित

नेपालले एतिहासिक जित हासिल गरेको साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीच भएको सेमिफाइनल खेल हेर्न दशरथ रंगशालामा १८ हजारभन्दा बढी दर्शक उपस्थित



Nepali football team
  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १४२
  • हिजो नेपालले एतिहासिक जित हासिल गरेको साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीच भएको सेमिफाइनल खेल हेर्न दशरथ रंगशालामा १८ हजारभन्दा बढी दर्शक उपस्थित भएका थिय।

    आयोजकको रिपोर्ट अनुसार, कुल १८ हजार ९ जना दर्शक रंगशालामा थिए, जबकि दशरथ रंगशालाको क्षमता १५ हजार मात्र हो। यसले गर्दा रंगशाला भीआईपीदेखि साधारण प्याराफिटसम्म खचाखच भरिएको थियो। 

    सिटमा अटाउन नसकेर धेरै दर्शक हिँड्ने ठाउँ र बस्ने स्थान नभएपछि उभिइरहेका थिए। मिडियाका लागि छुट्याइएको क्षेत्रमा समेत दर्शकहरू खचाखच भरेका थिए। 

    खेलमा नेपालले ट्राइबेकरमा भारतलाई ४-२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। अब नेपालले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। आइतबारको अर्को खेलमा बंगलादेशले भुटानलाई ७-१ को फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो। फाइनल खेल बुधबार हुनेछ।