काठमाडौं, वैशाख २२ - काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल नजिकै सञ्चालनमा रहेको होटल डिलाइट ले छोटो समयमै उत्कृष्ट सेवा र आतिथ्यका कारण आफूलाई फरक पहिचान दिन सफल भएको छ। व्यस्त शहरी वातावरणबीच सुरक्षित, शान्त र भरपर्दो बसाइको व्यवस्था गर्दै होटलले स्वदेशी तथा विदेशी दुवै पर्यटकको ध्यान आकर्षित गरेको हो।
आधुनिक सुविधा र नेपाली आतिथ्य संस्कृतिको संयोजनले होटललाई विशेष बनाएको व्यवस्थापनले जनाएको छ। होटलमा १८ वटा पूर्ण रूपमा सुसज्जित एसी कोठाहरू छन्, जुन फराकिला, आकर्षक र आधुनिक डिजाइनमा तयार पारिएका छन्। यसले पाहुनाहरूलाई घरजस्तै आरामदायी अनुभव दिने विश्वास लिइएको छ।
होटलका व्यवस्थापक तथा महाप्रबन्धक युवराज न्यौपानेका अनुसार आगामी दिनमा अझ आधुनिक सेवा र गुणस्तर थप गर्दै होटललाई उच्चस्तरमा लैजाने योजना रहेको छ। उनले पाहुनाको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर सेवा विस्तार गरिने बताए।
होटलमा पारिवारिक वातावरण, सरसफाइ र सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइएको छ। प्रशिक्षित कर्मचारीको नम्र व्यवहार र सहयोगी सेवाले पाहुनालाई सहज अनुभव प्रदान गर्ने गरेको होटलको दाबी छ। आधुनिक सुरक्षा प्रणालीमार्फत पाहुनाको बसाइलाई थप सुरक्षित बनाइएको छ।
यसका साथै होटलको रूफटप रेस्टुरेन्ट प्रमुख आकर्षणको रूपमा रहेको छ। यहाँबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकनसँगै विभिन्न स्वादिष्ट परिकारको आनन्द लिन सकिन्छ। साथै, पर्याप्त पार्किङ सुविधा भएकाले व्यस्त क्षेत्रमा पनि सवारी व्यवस्थापन सहज रहेको बताइएको छ।
ठमेल र नयाँबजार जोड्ने मुख्य मार्गमा रहेको होटलमा यातायातको सहज पहुँच छ। पशुपतिनाथ लगायतका प्रमुख पर्यटकीय स्थलहरू नजिकै भएकाले पर्यटकका लागि होटलको लोकेशन उपयुक्त मानिएको छ। एक दशकदेखि सञ्चालनमा रहेको होटल डिलाइटले सुलभ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्दै आकर्षक गन्तव्यका रूपमा आफूलाई स्थापित गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस