३० साउन २०८३ शनिबार | 15 Aug 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पाथीभरामा एक महिनामै एक करोडभन्दा बढी भेटी संकलन



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १४१
  • ताप्लेजुङ, जेठ १ - ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवीस्थान मा वैशाख महिनाभरिमा रु एक करोड ६ लाख २८ हजार भेटी संकलन भएको छ।

    पाथीभरा क्षेत्र विकास समितिका अनुसार चैत र वैशाख महिनामा भक्तजनको अत्यधिक भीड लाग्ने भएकाले भेटी रकममा उल्लेख्य वृद्धि भएको हो।

    समितिका अनुसार गत चैत महिनामा रु ५८ लाख ५७ हजार ५०० भेटी संकलन भएको थियो भने फागुन महिनामा रु ३१ लाख १० हजार संकलन भएको जनाएको छ।

    धार्मिक आस्था बोकेर देशका विभिन्न स्थानबाट दर्शनार्थी पाथीभरा पुग्ने क्रम बढ्दै गएको समितिको भनाइ छ।