२३ चैत २०८१ शनिबार | 05 Apr 2025 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

खेलाडीहरूले आफूहरूले सरकारबाट पर्याप्त सहयोग नपाएको गुनासो

नेपाली महिला फुटबल टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका क्रममा खेलाडीहरूले आफूहरूले सरकारबाट पर्याप्त सहयोग नपाएको गुनासो राखेका थिए।



Nepali Football Team
  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या ११८
  • साफ महिला फुटबल प्रतियोगितामा उपविजेता बनेपछि नेपाली महिला फुटबल टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ। भेटका क्रममा खेलाडीहरूले आफूहरूले सरकारबाट पर्याप्त सहयोग नपाएको गुनासो राखेका थिए। टोलीकी सदस्य प्रीति राईले भनेकी छन् कि प्रदर्शनमा सन्तुष्ट भए पनि म्यानेजमेन्ट र आवश्यक सहयोगको कमीले खेलाडीहरूलाई निराश बनाएको छ।

    राईले खेलमा ध्यान दिन सकेर राम्रो प्रदर्शन गर्नका लागि सरकारको वित्तीय तथा मानसिक सहयोग महत्वपूर्ण भएको बताइन्। उनले प्रधानमन्त्रीलाई खेलाडीहरूको मनोबल बढाउन खेलमैत्री वातावरण र सहयोगको आवश्यकता रहेको औंल्याइन्।

    खेलाडीहरूले चोटपटकको समयमा पनि पर्याप्त सहायता नपाएको गुनासो राखे। यसै क्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको पुरस्कार वितरणमा कानुनी अवरोधहरू रहेको बताए, जसका कारण घोषणा गरिसकेको पुरस्कार तथा सम्मान रकम दिन नसकेको स्पष्ट पारे।

    प्रधानमन्त्री ओलीले खेलाडीहरूको गुनासोप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै रंगशाला निर्माणका लागि नयाँ ठाउँ खोजी भइरहेको र छिट्टै निर्माण कार्य शुरू हुने जानकारी दिए।