१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ऐनअनुसार नाम मर्म अनुरूप नभएको कारण सात राजनीतिक दलको नाम परिवर्तन

आयोगले संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनअनुसार नाम मर्म अनुरूप नभएको भन्दै गत वर्षको फागुन ३ मा १९ दललाई नाम परिवर्तनको निर्देशन दिएको थियो।



Election Commission
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १४०
  • निर्वाचन आयोगको निर्देशनअनुसार सात राजनीतिक दलहरूले आफ्नो नाम परिवर्तन गरेका छन्।

    आयोगले संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनअनुसार नाम मर्म अनुरूप नभएको भन्दै गत वर्षको फागुन ३ मा १९ दललाई नाम परिवर्तनको निर्देशन दिएको थियो।

    यस अनुसार नेपाल खम्बुवान साझा पार्टीले राष्ट्रिय साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीले नेपाल जनमुक्ति पार्टी, नेपाल दलित पार्टीले नेपाल मानवतावादी पार्टी, नेपाल सुकुम्वासी पार्टीले नेपाल जनता संरक्षण पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टीले जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले जनसेवा लोकतान्त्रिक पार्टी, र आमूल परिवर्तन मसिहा पार्टीले आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल नाम राखेका छन्।