२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लेनदेनको विषयलाई लिएर विवाद हुँदा एक युवकमाथि छुरा प्रहार

दमक नगरपालिका-६ नमुना मार्गमा २७ वर्षीय सोनु अहमतमाथि लेनदेनको विषयलाई लिएर विवाद हुँदा छुरा प्रहार भएको छ।



Chhura Prahar
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १९७
  • दमक नगरपालिका-६ नमुना मार्गमा एक युवकमाथि छुरा प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दका अनुसार २७ वर्षीय सोनु अहमतमाथि सोमबार छुरा प्रहार भएको हो। 

    घटनामा धरान उपमहानगरपालिका-३ बस्ने २९ वर्षीय एजात अहमतले लेनदेनको विषयलाई लिएर विवाद हुँदा सोनुको पेटमा छुरा प्रहार गरेको आरोप छ। घाइते भएका सोनुलाई प्रारम्भिक उपचारका लागि दमकको लाइफलाइन अस्पतालमा लगिएको थियो। अवस्था गम्भीर बनेपछि उनलाई बिएन्डसी अस्पताल बिर्तामोड हुँदै धरानस्थित घोपा अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ। 

    छुरा प्रहारपछि आरोपित एजात प्रदेश १-०२-०४५ प ६३१९ नम्बरको स्कुटरमा भाग्ने क्रममा दमक-६ गणतन्त्र चोक नजिकै अनियन्त्रित भई दुर्घटनामा परेका थिए। दुर्घटनामा परेर उनको बायाँ खुट्टामा चोट लागेको छ र हाल उनी निम्स अस्पतालमा उपचाररत छन्। उनलाई प्रहरीको निगरानीमा राखिएको छ। 

    प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।