३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १७६
  • सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार अदालतले कार्तिक १५ गतेदेखि गणना हुनेगरी लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीले मागेको म्यादलाई थप अनुमति दिएको हो।

    यो तेस्रो पटक लामिछानेको हिरासत म्याद थप गरिएको हो। यसअघि पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरिएको थियो। कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगीको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। 

    जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले थप अनुसन्धानका लागि म्याद थप गरेको हो।