२१ असार २०८३ आईतबार | 05 Jul 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतबाट रास्वपा वरिष्ठ सल्लाहकार रजु कार्की समानुपातिक सांसदमा सिफारिस



  • सिमोन भट्टराई
  • ७ महिना अघि
  • पाठक संख्या ४५२
  • कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत आरक्षित कोटाअन्तर्गत कुवेतबाट पहिलो र आधिकारिक प्रतिनिधिको रूपमा समानुपातिक सांसदका लागि सिफारिस गरेको छ।

    कुवेतमा बसेर पार्टी, समाज र प्रवासी नेपालीका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका कार्कीले वर्षौँदेखि प्रदेशभित्र र बाहिर दुवै क्षेत्रमा देखाएको नेतृत्व, सक्रियता र निरन्तर उपस्थितिलाई उच्च सम्मान गर्दै समितिका पदाधिकारी तथा सदस्यहरूले सर्वसम्मत रूपमा उनको नाम सिफारिस गरेका हुन्।

    प्रवासमा परेका नेपालीका समस्या सुन्ने, समाधानका लागि सक्रिय रूपमा पहल गर्ने, संगठनलाई व्यवस्थित राख्ने तथा नयाँ पुस्तालाई जोड्दै लैजाने कार्कीको शैलीले सबैलाई प्रभावित पार्दै आएको छ। समितिको विश्वासअनुसार उनको अनुभव, क्षमतासँगै नेतृत्व शैलीले पार्टी मात्र होइन, प्रवासी नेपालीको आवाजलाई पनि देशमा अझ प्रभावशाली रूपले पुर्‍याउने अपेक्षा गरिएको छ।

    कार्की विगत लामो समयदेखि एउटा उदाउँदो उद्यमशील व्यवसायीको रूपमा पनि अत्यन्त परिचित व्यक्तित्व हुन्, जसले व्यवसायिक क्षेत्रदेखि सामाजिक अभियानसम्म निरन्तर राम्रो छाप छोड्दै आएका छन्।

    सिफारिस सार्वजनिक भएपछि विभागले कार्कीले व्यक्तिगत स्वार्थभन्दा समुदाय, प्रवास, श्रमिक तथा राष्ट्रिय प्रश्नलाई पहिलो प्राथमिकतामा राख्दै जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरेको छ।