काठमाडौं, भदौ २४ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सामूहिक राजीनामा दिन तयार भएको संकेत देखिएको छ । यसैबिच पार्टीको संसदीय दलको आकस्मिक बैठक मंगलबार भर्चुअल माध्यममार्फत सुरु भएको छ ।
बैठकमा सहभागी एक सांसदका अनुसार, सांसदहरूले सामूहिक राजीनामा दिने विषयमा छलफल भइरहेको छ । पछिल्ला दिनमा चर्किएको जेनजी आन्दोलनकै प्रभाव स्वरूप रास्वपा यस्तो कदम चाल्नुपर्ने अवस्थामा पुगेको बताइन्छ ।
बैठकको निष्कर्षपछि आधिकारिक निर्णय सार्वजनिक हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस