१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता नामावलीमा २ लाख २५ हजारभन्दा बढी थप



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या ४६२
  • काठमाडौँ, मंसिर १ - देशभर नयाँ मतदाता नामावली संकलन जारी रहँदा राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मात्रै २ लाख २५ हजार ५७५ जनाले आफ्नो नाम दर्ता गराएका छन्।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, बायोमेट्रिक प्रणालीमार्फत पनि ३ लाख २ हजार ६२ जनाले नामावलीमा समावेश भइसकेका छन्।

    आयोगका अधिकारीहरूले बताएअनुसार, कात्तिक ३० गतेसम्म संकलन गरिएको यो तथ्याङ्क नयाँ नाम दर्ता अभियान सुरु भएयताकै उच्च दरको मानिएको छ।

    नाम दर्ताको अन्तिम म्याद मंसिर ५ गतेसम्म कायम रहेको हुँदा आयोगले समयमा नै नाम समावेश गराउन सबैलाई आग्रह गरेको छ। हाल राष्ट्रिय परिचयपत्र नम्बर भएकाहरूले अनलाइनमार्फतै सजिलै नाम दर्ता गर्न सक्ने व्यवस्था सरकारले मिलाएको आयोगले जनाएको छ।