१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपाले उपनिर्वाचनका लागि सातै प्रदेशमा नेताहरूलाई परिचालन

बिहीबार बसेको केन्द्रीय निर्वाचन संयोजन समितिको बैठकले प्रत्येक प्रदेशमा नेताहरूलाई निर्वाचन परिचालनको जिम्मेवारी दिने निर्णय गरेको हो।



RSP
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १९८
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सातै प्रदेशमा नेताहरूलाई परिचालन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय निर्वाचन संयोजन समितिको बैठकले प्रत्येक प्रदेशमा नेताहरूलाई निर्वाचन परिचालनको जिम्मेवारी दिने निर्णय गरेको हो।

    निर्णयअनुसार, कोशी प्रदेशमा निशा डाँगी, मधेस प्रदेशमा डा. चन्दा कार्की, बागमती प्रदेशमा शिशिर खनाल, गण्डकी प्रदेशमा विन्दवासिनी कंसाकार, लुम्बिनी प्रदेशमा कुसुम महर्जन, कर्णाली प्रदेशमा लिमा अधिकारी, र सुदूरपश्चिम प्रदेशमा विष्णु कुमार श्रेष्ठलाई निर्वाचन परिचालनका लागि खटाइएको छ। 

    स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ मा मनोनयन दर्ता गरिनेछ, जसका लागि रास्वपाले आन्तरिक रूपमा ‘प्राइमेरी इलेक्सन’ गरी उम्मेदवार चयन प्रक्रिया अघि बढाउने तय गरेको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक गणेश पराजुलीले यसबारे जानकारी दिएका छन्।