१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चीन भ्रमणअघि प्रधानमन्त्री ओलीले नेताहरूसँग गरे छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमणबारे प्रमुख नेताहरूसँग परामर्श गरेका छन्।



PM Oli Consults Leaders Before China Visit
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १३९
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमणबारे प्रमुख नेताहरूसँग परामर्श गरेका छन्।

    आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरु सहभागी थिए। छलफलमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतले भाग लिएका थिए।

    प्रधानमन्त्री ओली मङ्सिर १७ गते चीन भ्रमणका लागि प्रस्थान गर्नेछन् र मङ्सिर १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन्।