१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा

चीनको औपचारिक भ्रमण पूरा गरी फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमणको तयारी गरिने बताएका छन्।



KP Oli
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १६६
  • काठमाडौँ - चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमणको तयारी गरिने बताएका छन्। चार दिने चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन्।

    सञ्चारकर्मीले दक्षिणतिरको भ्रमण कहिले हुने भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, "अब एरेन्ज गर्नुपर्छ। फर्किएको दिनमै मिति तय गर्न सकिँदैन।"

    सञ्चारकर्मीले प्रधानमन्त्री ओलीलाई बीआरआई सम्झौतापछि भारतसँगको सम्बन्धबारे उठेका प्रश्नबारे प्रतिक्रिया माग्दै दक्षिणतिरबाट उत्तरतिर ढल्किएको आरोपबारे प्रश्न गर्दा उनले आफूले यस्तो आरोपबारे थाहा नपाएको बताए। उनले भने, "म के भन्छु भने, यदि दक्षिणको मिडियाले मित्रहरूलाई भड्काउने वा आक्षेप गर्ने खालका कुरा गरेका छन् भने, लिडरहरूले भने त्यस्तो गरेको मैले थाहा पाएको छैन। यदि कुनै मिडियाले त्यस्तो गरेको हो भने यो राम्रो तरीका होइन। म यत्ति मात्र भन्न सक्छु।"

    प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिले भारत भ्रमणको तयारी र दुई देशबीचको सम्बन्धबारे चासो बढाएको छ।