३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईंले व्यवसायी धम्क्याउन टिम परिचालन गरेको प्रहरीको निष्कर्ष

दुर्गा प्रसाईंले भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा व्यवसायीलाई धम्क्याउन टिम परिचालन गरेको प्रहरीले खुलासा गरेको छ।



Durga Prasai
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या ११३
  • काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा व्यवसायीलाई धम्क्याउन टिम परिचालन गरेको प्रहरीले खुलासा गरेको छ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हरिचन्द्र फुयलसहित तीनजनाको संलग्नता पत्ता लगाएको छ। फुयलले धम्कीका लागि प्रसाईंबाट ५ लाख रुपैयाँ लिएको बयान दिए पनि प्रसाईंले अस्वीकार गरेका छन्।

    प्रसाईंको समूहले व्यवसायी र राष्ट्र बैंकका उच्च अधिकारीहरूलाई धम्क्याएर रकम असुलेको प्रहरीको आशंका छ। संगठित अपराधमा अनुसन्धान गर्न अदालतले प्रसाईंलाई ६० दिन हिरासतमा राख्ने अनुमति दिएको छ।

    पुण्य गौतममाथिको आक्रमण र अन्य धम्कीपूर्ण घटनामा पनि प्रसाईंको संलग्नता रहेको अनुसन्धान जारी छ।