काठमाडौँ – तीन वटा संसदीय समितिको बैठक आज बस्ने तयारी भएको छ।
बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धमा विज्ञहरूसँग छलफल हुने भएको छ।
त्यस्तै, साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या र समाधानका उपायहरूबारे छलफल हुनेछ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा संशोधनकर्ताहरूसँग छलफल हुने कार्यक्रम तयभएको छ।
प्रतिक्रिया दिनुहोस