८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गृहमन्त्रीको निर्देशन: राजस्व चुहावट र तस्करी नियन्त्रणमा कडाइ गरिने

गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट र तस्करी नियन्त्रणमा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।



Ramesh Lekhak
  • Sangeeta Gurung
  • ६ दिन अघि
  • पाठक संख्या ७४
  • लुम्बिनी – गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट र तस्करी नियन्त्रणमा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

    भारतीय सीमासँग जोडिएका लुम्बिनी प्रदेशका तराई जिल्लाहरूमा राजस्व चुहावट र तस्करी भइरहेको गम्भीर सूचना प्राप्त भएको भन्दै गृहमन्त्री लेखकले सो गतिविधि तत्काल रोक्न निर्देशन दिएका हुन्।

    गृह मन्त्रालय र लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले मंगलबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सीमामा हुने अपराध, तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि परिणाममुखी कार्य गर्न आग्रह गरे। उनले भने, "तस्करी नियन्त्रणमा परिणाम दिन नसके त्यसको मूल्यांकन गरी दण्डित गरिनेछ।"

    गृहमन्त्री लेखकले पछिल्लो समय साइबर अपराधमा पनि वृद्धि भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न विशेष पहल गर्न सुरक्षा निकायलाई निर्देशन दिए। उनले शान्ति सुरक्षा मजबुत बनाउँदै संविधान र लोकतन्त्रको सुदृढीकरणका लागि कार्य गर्नुपर्नेमा जोड दिए।

    गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गण तथा बाहिनी प्रमुखहरूको उपस्थिति रहेको थियो। गृहमन्त्रीले कानूनको पालना सबैको दायित्व भएको बताउँदै भने, "कानुनले कसैलाई विभेद गर्दैन, त्यसैले सबै नागरिकले कानुनको पालना गर्नुपर्छ।"

    गोष्ठीमा राजस्व असुली, तस्करी नियन्त्रण, साइबर अपराध रोकथाम र सीमाको सुरक्षामा विशेष छलफल भएको थियो।