काठमाडौं, चैत्र १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्साको सानोपाइला बचत सहकारी मुद्दालाई सरकार हतियारका रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छन्।
मंगलबार सभामुख देवराज घिमिरेसँग भेट गरी निलम्बन फुकुवाको माग गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कानुनी प्रक्रिया टुंग्याउनुपर्ने बताए। तर, सरकार मुद्दालाई अनावश्यक रूपमा झुण्ड्याइरहेको उनको दाबी छ।
लामिछानेले कास्की, काठमाडौं, रूपन्देही र चितवन जिल्ला अदालतमा एकैदिन चारवटा मुद्दामा हाजिर हुन कठिन भएको बताए। ‘एकैदिन चारवटा अदालतमा जान सम्भव छ?’ भन्दै उनले कानुनी प्रक्रियाको जटिलताप्रति असन्तोष व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस