२६ चैत २०८१ मंगलबार | 08 Apr 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ज्ञानेन्द्र शाहीको बालेनलाई लक्षित गर्दै कटाक्षपूर्ण स्टाटस

शाहीले आफ्नो स्टाटसमा भनेका छन्, 'टुकुचाँमा गाढि हालौं छोड्नु हुँदैन। जबरजस्ती गरे भन्दैमा पछि हटनु हुँदैन। मर्दको बोली, बन्दुकको गोली कहिल्यै फिर्ता हुनु हुदैन।'



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ६१
  • काठमाण्डौं, चैत्र २२ – ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेखेका छन्, जसमा उनले हालका केही राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै बालेन्द्र शाह 'बालेन' लाई अप्रत्यक्ष रुपमा संकेत गरेका छन्। शाहीले आफ्नो स्टाटसमा भनेका छन्, 'टुकुचाँमा गाढि हालौं छोड्नु हुँदैन। जबरजस्ती गरे भन्दैमा पछि हटनु हुँदैन। मर्दको बोली, बन्दुकको गोली कहिल्यै फिर्ता हुनु हुदैन।'

    उनले बालेनले केहि समय अघि अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !' भन्ने स्टाटस लेखेको कुरालाई समर्थन गर्दै उक्त स्टाटस लेखेका हुन् ।उनले मर्दको बोली, बन्दुकको गोली कहिल्यै फिर्ता हुनु हुदैन भन्दै कसैसंग नडराई आफ्नो बोलि पुरा गर्न भनि बालेनलाई यस्तो भनेका हुन् । राजाबादी शाहीले हाल सरकारले गरेको दमनकारी गतिविधिका कारण बलेनलाई ट्याग गर्दै यस्तो स्टाटस लेखेका हुन् ।

    शाहीको यो स्टाटस सामाजिक सञ्जालमा व्यापक चर्चाको बिषय बनेको छ। यद्यपि शाहीले प्रत्यक्ष रुपमा बालेन्द्र शाहको नाम लिएका छैनन्, तर यसको गहिरो अर्थले यसलाई बालेन्द्र शाहलाई लक्षित गर्दैको कटाक्षको रुपमा लिइएको छ। यससँगै, शाहीको स्टाटसले नेपाली राजनीति र नेतृत्वको विषयमा फेरि एक पटक बहस सुरु गरिदिएको छ।