१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विप्लव नेतृत्वको नेकपामा माओवादीमा प्रवेश गर्नेको लर्को

विप्लव सीको निवासमा भएको कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३१०
  • ललितपुर, चैत्र २२ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा माओवादी केन्द्रका नेताहरू प्रवेश गरेका छन्।

    ललितपुरको हरिसिद्धिस्थित नेकपा महासचिव विप्लव सीको निवासमा भएको कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्।

    नवप्रवेशीहरूलाई महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य सिलु सी, गोरखा जिल्ला इन्चार्ज कपिल सीलगायतका नेताहरूले अविर र खादा लगाएर स्वागत गरेका छन् । कार्यक्रमको सञ्चालन समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष टेक सीले गरेका थिए।

    सो अवसरमा महासचिव विप्लव सीले नवप्रवेशीहरूलाई सम्बोधन गर्दै भने, "सबैतिरबाट असल मानिसहरू एक हुनुपर्छ। माओवादीको छुट्टै आदर्श छ। आज हाम्रो पार्टीमा एउटा महत्वपूर्ण इँटा थपिएको छ। हामीले नेपालमा आशा जगाउनुपर्छ।"

    माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जनाको नेकपा प्रवेशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, यस घटनाले नेकपाको संगठनलाई थप बलियो बनाउनेछ।

    नेकपाले देशव्यापी रूपमा आफ्नो संगठन विस्तार गर्ने तथा जनताको मुद्दालाई सशक्त रूपमा उठाउने योजना बनाइसकेको जनाएको छ।