१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बन्दी प्रत्यक्षीकरणमा दुर्गा प्रसाईंको मुद्दा सर्वोच्चको इजलासमा

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतको न्यायाधीशको इजलासमा पेसी तोकिएको छ।



Durga Prasai
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २४७
  • काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतको न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ।

    प्रसाईंका छोरा नीराजनले साइबर अपराधबाहेक अन्य मुद्दामा म्याद थप गरिएको भन्दै निवेदन दर्ता गरेका हुन्। क्यान्सर पीडित प्रसाईंलाई नियतवश दुःख दिइएको भन्दै उनलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई साधारण तारेखमा रिहा गर्न माग गरिएको छ।

    यसअघि पनि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएकोमा खारेज भएको थियो।